चितवनमा सुमन वर्षाकाे कथासङ्ग्रह ‘अभ्यन्तर´माथि अन्तर्संवाद सम्पन्न

भरतपुर, नेपाली लेखक संघ चितवनकाे आयाेजनामा कथाकार सुमन  ‘वर्षा’काे कथासङ्ग्रह `अभ्यन्तर´माथि अन्तर्संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली लेखक संघ चितवन शाखाले आयोजना गरेको उक्त कार्यक्रममा अन्तर्सम्वादित पुस्तकका सन्दर्भमा रहेर समालोचक रमेश प्रभात, सुरेन्द्र अस्तफल, केशवराज चालिसे र लेखक सुमन घिमिरेले छलफल गरेका थिए । वक्ताहरूले सङ्ग्रहका कथाहरूमा नारी मनोविज्ञान, विज्ञान, पर्यावरण र सामाजिक यथार्थका प्रसङ्गहरू समेटिएको बताए । लेखक घिमिरेले नारीको मनोविज्ञानलाई कथामा उतार्ने कोसिस गरेको बताइन् । `नारी चेतनालाई विकास गरे मात्र समाजलाई रुपान्तरण गर्न सकिन्छ, समाधानका उपाय पनि रुपान्तरण मै हुन्छन्´, कथाकार घिमिरेले भनिन् । पाठकका तर्फबाट अनन्त ढुंगाना, उदय अधिकारी र हेरम्बकुमार श्रेष्ठ असीमले लेखकसंग जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष शान्ति शर्मा र शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले मन्तव्य राखेका थिए । शिखा बुक्सबाट प्रकाशित उक्त कथासंग्रहमा १८ वटा कथा छन् । मूल्य ४५०/- रहेको छ ।

Comments (0)
Add Comment