एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

 

६ मे, टेक्सस् । एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् …एएनए’ ले बालबालिकाहरूबीच कथा लेखन प्रतियोगिता गर्ने भएको छ । नेपाली साहित्यलाई भावी पुस्तामार्फत् अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले कथा लेखन प्रतियोगिता शुरु गरिएको एएनएका अध्यक्ष विजयराज भट्टराईले बताउनुभयो ।

 

नेपाली साहित्य विश्वस्तरको छ भनेको सुनिरहे पनि विविध कारणले विश्व साहित्यसँग नेपाली साहित्य अझै पुग्न नसकेको पाइएकोले अबको पुस्ताको संभावनालाई निखारेर यो जिम्मेवारी सुम्पँदै जानुपर्छ भनेर यस्तो खालको अवधारणा बनाइएको यस प्रतियोगिताका परिकल्पनाकार तथा संयोजक पुष्पा खनालले बताउनुभयो ।

 

एएनएद्वारा जारी गरिएको सूचनाअनुसार ६ देखि १५ वर्षसम्मका बालकालिकाले सो कथा लेखन प्रतियोगितामा भाग लिन पाउने छन् भने कथा अङ्ग्रेजी भाषामा लेख्नुपर्ने छ । जुन १, २०२२ भित्र कथा पठाइसक्नु पर्ने पनि सूचनामा उल्लेख छ ।

 

आफ्ना नानीबाबुहरूको संभावनालाई, प्रतिभालाई अघि बढाउन अभिभावक र विद्यालयको ठूलो भूमिका रहने भएकाले यस प्रतियोगितामा सहभागी गराउन आफ्ना बालबालिकालाई हौसला, प्रोत्साहन र सहयोग गर्न पनि एएनएले अनुरोध गरेको छ । यस प्रतियोगिताका सम्बन्धमा विस्तृत जानकारी एएनएको वेवसाइट www.ana1983.org  मा हेर्न सकिन्छ ।