अनेसास जापानको ७० औँ नियमित साहित्य शृङ्खला तथा अक्षर यात्रा’ दोस्रो शृङ्खला सम्पन्न

अनेसास जापानको ७० औँ नियमित साहित्य शृङ्खला तथा अक्षर यात्राको दोस्रो शृङ्खला एभरेस्ट इन्टरनेशनल स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका पूर्व अध्यक्ष तथा गजलकार दिनेशराज ज्ञवालीले गजलको बारेमा तथा सल्लाहकार कवि सबिना रेग्मीले छन्द कविता लेखन र वाचन बारे बालबालिकाहरूलाई आधारभूत जानकारी प्रदान गर्दै साहित्य सिर्जनामा उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।