अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’ को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के. सी देवु, प्रमुख अतिथी पूर्व कुलपति साहित्यकार सरुभक्त, विशेष अतिथी पुर्व प्राज्ञ कवि, गीतकार तथा गायीका हरिदेवी कोईराला, विशिष्ठ अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची रहनुभएको थियो ।
सो कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य संगीतका साधक तथा अनुरागीहरुको बृहत उपस्थिती रहेको थियो । कार्यक्रमको प्रथम चरणको संचालन अनेसास गण्डकी च्याप्टरका महासचिव असफल गौतमले गर्नुभएको थियो। आयोजक संस्थाका तर्फबाट स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य सिर्जनशील लोकतान्त्रीक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गीतकार कवि गायक पद्मराज ढकालले दिनुभएको थियो ।
दोश्रो चरणको कार्यक्रम कवि गजलकार बाबू त्रिपाठीले शुरु गर्नुभयो । रेजा उपन्यासको पोखरा विमोचन प्रमूख अतिथी र सभाध्यक्षले गर्नुभयो । उपन्यासका सर्जक गणेश बाबू अधिकारी र सो उपन्यासका परिचर्चाकार असफल गौतमले उपन्यास माथी परिचर्चा गर्नुभयो । यसपछि कार्यक्रममा अनेसास पोर्चुगल च्याप्टरका महासचिव तथा गलजकार एन.बी अन्जानले गजल वाचन गर्नुभयो । उहाँका गजल गायक शुलभ घिमीरेले गाउनुभयो ।
अनेसास केन्द्रीय सल्लाहकार सुमल कुमार गुरुङ, पुर्व प्राज्ञ हरिदेवी कोईराला तथा प्रमुख अतिथि पुर्वकुलपति सरुभक्तले कार्यक्रम सफल भएकोमा प्रशंसा गर्दै आयोजक संस्था, कार्यक्रम संयोजक प्रज्वल अधिकारी, सहजकर्ता बाबू त्रिपाठी, गजलकार एन बी अन्जान, उपन्यासकार गणेश बाबू अधिकारी तथा गायक सुलभ घिमीरेलाई बधाईज्ञापन तथा प्रगतिको कामना ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा हरिदेवी कोईरालाले गीत समेत प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथीलाई अनेसास गण्डकी प्रदेश समितीको तर्फबाट पुस्तक उपहार तथा कार्यक्रममा काठमाडौं देखि कार्यक्रम गर्न आएका पाँचैजना साहित्य संगीतका श्रष्टाहरुलाई आयोजक संस्थाले प्रशंसापत्र तथा पुस्तक उपहार प्रदान गरेको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष देवेन्द्र के.सी देवुले कार्यक्रम सफल पार्न आ आफ्ना क्षेत्रबाट महत्वपुर्ण भूमिका निभाउनुहुने सम्पुर्ण विद्वतजन साहित्य संगीत पारखी तथा साधकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।