एक लाख रकमको ‘भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता’हुने

हेम सरिता पाठक फाउण्डेसनले एक लाख रकमको ‘भ्रष्टाचार विरुद्धको गीत’ प्रतियोगिता गर्ने जनाएकोे छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेषित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नु भएको हो । यसअघि पनि एक लाख रकमका ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ ।
फाउण्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल सञ्चालन, विपन्नवर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।
गीतको विषय सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियमहरूः
१. आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।
२. गीत रेकर्ड गरेको हुनुपर्नेछ ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।
४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतस् अस्वीकृत हुनेछ ।
७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ ।
९.पुरस्कार नगद एक लाख रकम (प्रमाणपत्रसहित) हुनेछ ।
१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।
सम्पर्क

Email: [email protected]

Phone No: 9851059354

Comments are closed.