नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८ घोषणा

कठमाडौँ, पुस  ।

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८  घोषणा गरिएको छ।

नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।

चाबहिल कुटुवालमा आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको अघिल्लो पुस्ता र वर्तमान स्रष्टालाई जोड्ने कडीको रूपमा सम्मान र पुरस्कार प्रदान गरिदैआएको बताउनुभयो ।

समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान –२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

यसैगरी, एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार –२०७८ प्रदान गरिने जनाइएको छ । त्यस्तै, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ प्रदान गरिने भएको छ ।

सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’ पुरस्कार प्रदान गरिने भएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा बाद्य पुरस्कार रविन कार्की ढली र नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार देवी घर्तीलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

२०७८ सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार डब्बू क्षेत्री (डम्बरबहादुर बुढाथोकी) र कुवेर गिरीलाई प्रदान गरिने जनाइएको छ । यस्तै, नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष गौतमलाई प्रदान गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Comments are closed.