परशु- कल्पना स्रष्टा सम्मानको घोषणा

वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत हुनुभएको ४५ औं दिनको पुन्यतिथिमा उहाँका सन्तानहरुले स्थापना गर्नुभएको अक्षयकोशबाट `परशु- कल्पना  स्रष्टा सम्मान´ को घोषणा गरेका छन् । यो सम्मान एक लाख एकसय एक रुपैयाँ नगद राशिसहितको हुनेछ । नेपाल स्रष्टा समाज मार्फत अर्पण गरिने  सम्मान उहाँको निधन भएको दिन अर्पण गरिनेछ । नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु- कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिनेछ ।