Trending Now

बाह्रखरीकथा प्रतियोगिता चौंथो संस्करणको घोषणा

बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा
काठमाडौं, साउन १५ गते । १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण हो। नेपाली आख्यान साहित्यमा स्थापित साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
यस वर्ष साहित्यकार तथा समालोचक प्रा।डा कुमारप्रसाद कोइराला, साहित्यकार सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा हुनुहुन्छ । प्रतियोगितामा प्राप्त भएका कथामध्यबाट ब्राहखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छानेर ती मध्यबाट निर्णायक समूहले उत्कृष्ट कथा २०७९ पुस्तकका लागि २५ वटा छान्ने र त्यसमध्यबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ ।
प्रतियोगितमा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षजस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तै, अन्तिम चरणरम्म पुग्न सफल भएका २५ कथाको पुस्तक प्रकाशन गरिनेछ र संग्रहमा प्रकाशित हुन बाँकी २२ कथालाई जनही पाँच हजार रुपियाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा मुख्य निर्णायक प्रा।डा। कुमारप्रसाद कोइरालाले सबैभन्दा कलात्मक र सुन्दर सञ्चारमाध्यम नै साहित्य भएको बताउनुभयो । कोइरालाले सर्जकसँगै पाठकको पनि उत्तिकै महत्त्व रहेको जानकरी दिनुभयो । बाह्रखरी कथा प्रतियोगिताका पहिलो संस्करणका विजेता बिना थिङ तामाङले आफ्नो अनुभव बताउँदै कथामा चरित्र स्थापित गर्नु नै कथाकारको दायित्व रहेको बताउनुभयो । कथाकारले आफ्नो कथामा मनोदशा र मनस्थितिलाई उतार्नु पर्ने उहाँको अनुभव छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७९ भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना ज्ञद्दपजबचष्दययपक२नmबष्।िअयm मा पठाउनुपर्नेछ ।
कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन यस्ता छन् नियम ः

कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।

अघिल्लो वर्षको प्रतियोगिताका लागि प्राप्त कथा दोर्होयाएर पठाउन पाइने छैन ।

कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन ।

छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।

‘बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ।

कथा कम्तीमा १५ सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्नेछ ।

प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।

प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।

 

Comments are closed.