बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २१ कात्तिक

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका-५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

Comments are closed.