चार लाख ४९ हजारको भन्सार छली ल्याइएको चकलेट बरामद

काठमाडौँ । प्रहरीले वीरगञ्ज बाट भन्सार छली ल्याइएको चार लाख ४९ हजार बराबरको चक्लेट बरामद गरेको छ ।

बुधबार प्रहरीले वीरञ्ज महानगरपालिका-७ कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरिएको चक्लेट बरामद गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक गिरीका अनुसार चार लाख ४९ हजार ४० रुपैयाँ बराबरको विभिन्न किसिमको चक्लेटहरु बरामद गरिएको हो ।

चक्लेटलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले बताए ।