हत्या गरेको अभियोगमा पक्राउ

धादिङ, २८ वैशाख

गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय निरज पण्डितलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा बिनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.