प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ      

  काठमाडौं, १७ कात्तिक

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पाल्पा तानसेन नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्रचोक बस्ने ४५ वर्षीय सरोज कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ साईरामचोकस्थित सम्झना लामाले संचालन गरेको होटलमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा होटल संचालकले होटल बन्द गर्न खोज्दा बिभिन्न अश्लिल शब्दहरू प्रयोग गरी गाली गलोज तथा दुर्ब्यवहार गरि होटलमा समेत तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोलीमाथि नै हातपात गर्नुको साथै प्रहरीको गाडीमा समत क्षति पुर्‍याएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.