Trending Now

हत्या गरेको अभियोगमा पक्राउ  

 

तनहुँ, २ माघ

भानु नगरपालिका-६ बस्ने ४९ वर्षीय सन्त बहादुर गुरूङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा व्यास नगरपालिका-८ रिस्ती बस्ने २४ वर्षीय आशिस परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भानु नगरपालिका-६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.