भरुवा बन्दुक बरामद

डोल्पा, १२ असार

ठुलिभेरी नगरपालिका-६ माझफालस्थित जंगलबाट वेवारिसे अवस्थामा भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा सो जंगलमा वेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।