यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

खोटाङ । यौन दुर्व्यवहारको आरोपमा खोटाङका डा.मदन राई पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको डीएसपी मुकारुङको भनाइ छ ।  राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

 

Comments are closed.