सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा मनोज पाण्डे दोषी ठहर

माघ, काठमाडौं । केही समय अगाडी बलात्कारको आरोप लागेका मनोज पाण्डे लाई दोषी ठहर गरिएको छ। पाण्डेलाई सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेको थियो।
उनलाई न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।
एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।