ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा पक्राउ

Arrested on charges of fraud
ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २० भदौ

ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित Info Techs Nepal Pvt. Ltd. मा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाई हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको छ ।