पिटिई बुक गरिदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१४ का २२ वर्षीय तिरुपति पाण्डे, बागलुङको काठेखोला गाउँपालिका-८ का २० वर्षीय सुवास कँडेल र बाँकेको कोहलपुर नगरपालिका-११ का दोमन केसी रहेका छन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा मनास्लु एजुकेसनल सर्भिस नामक ईन्स्टाग्राम एकाउन्टमार्फत पीटीई बुक गरिदिने भनेर अग्रिम रकम लिने गरेका थिए।अग्रिम रुपमा अनलाइन वालेटमा रकम जम्मा गर्न लगाई विद्युतीय माध्यम सम्बद्ध ठगीको उजुरी उपर अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रयोग गरेका ८ वटा मोबाइल, २३ वटा सिम कार्ड तथा २ वटा ल्यापटप बरामद गरिएको छ।पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ। उनीहरूलाई साइबर ब्यूरोको टोलीले काठमाडौं र ललितपु्रबाट पक्राउ गरेको हो।