कान्तिपुर सेभिङ्गका अध्यक्ष मल्ल पक्राउ, निक्षेपकर्ताको रकम हिनामिनाको आरोप

काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका सञ्चाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा गत जेठ २८ मा मुद्दा दर्ता भएको थियो ।कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको प्रहरीले जनाएको छ ।