Trending Now

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तेह्रथुम, ३ पुस

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिम नगरपालिका-३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

केन्द्रीय प्रहरी समाचार कक्ष

Comments are closed.