Trending Now

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 

दाङ, ७ माघ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.