Trending Now

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ७ असोज

चोरी मुद्दाका फरार प्रतिवादी गोकर्णश्वर नगरपालिका-६ जोरपाटी ठेगाना भएका ४३ वर्षीय राजु तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित घरबाट नगद, घडी, सुनचाँदीका गहनाहरू समेत गरी १५ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल २०७९ वैशाख १५ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट नगद, सुन जस्तो देखिने सिक्री तथा फलामको रड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

राजुलाई यस अघि विभिन्न मितिमा चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट कैद तथा जरिवाना, चोरी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ वर्ष कैद र नगद ५० हजार रूपैयाँ जरिवाना र उच्च अदालत पाटनबाट ३ वर्ष कैद र नगद ३० हजार रुपैयाँ जरिवाना हुने ठहर  भएकोमा उनी २०७८ असोज ३ गते कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

Comments are closed.