Trending Now

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ  

बाँके, १८ पुस

नेपालगंज उपमहानगरपालिका बस्ने २ जना र जानकी गाउँपालिका-३ बस्ने  १ जना गरी ३ जनालाई धारिलो हतियार प्रहार गरी फरार रहेका ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ वस्ने २९ वर्षीय विनय भण्डारी, सोही उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार रहेका छन् ।

उनीहरूले ती व्यक्तिहरूलाई आइतबार दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा डुडुवा गाउँपालिका-३ बाट घटनामा प्रयोग भएको यूपी ३२ ईयू ८६१६ नम्बरको कार बरामद गरी उनीहरूलाई सोही गाउँपालिका-२ दासपुरूवाबाट पक्राउ गरेको ।  घाइतेहरूलाई उपचारका लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.