बारामा पूर्व सशस्त्र प्रहरी जवानकाे हत्या, दुई भारतीय पक्राउ

काठमाडाैं । बाराकाे नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्व सशस्त्र प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहकाे शव भेटिएकाे छ ।

पचरौता नगरपालिका-१ नजिक दशगजा क्षेत्रमा साेमबार राति सिंहकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवकाे प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको जस्ताे देखिएकाे प्रहरीले जनाएकाे छ ।

हत्या आंशकामा प्रहरीले दुई जना भारतीय नागरिक राहुल साह र सामलाल महताेलाई पक्राउ गरेकाे छ । अनुसन्धानका क्रममा सिंहको हत्यामा ३ जनाको संलग्नता देखिएको र  ती व्यक्तिकाे पनि खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीकाे जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल चलाउनु भएकाे थियाे । साे पसल बन्द गरेर उहाँ पछिल्लाे समय भने खेती किसानीमा व्यस्त हुनुहुन्थ्याे ।