Trending Now

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ    

 काठमाडौं, २३ भदौ

सिरहा, सिरहा नगरपालिका-१७ लच्का टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय भुनेश यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सिचाई टोल बस्ने ३१ वर्षीय धर्मेन्द्र खेम्कालाई नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय १६ पिस र अनरेक्स १४ बोतल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भिमफेदी गाउँपालिका घर भई हेटौंडा उपमहानगरपालिका-५ सिचाई टोल बस्ने ३० वर्षीय प्रमोद कार्की र सोही ठाउँ बस्ने २६ वर्षीय रबिन श्रेष्ठलाई उनीहरूकै कोठाबाट नाईट्रोभेट १ हजार ५ सय ४५ पिस र अनरेक्स ६३ बोत्तल सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.