Trending Now

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

२०७९-०५-३१

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट करिब १ ग्राम ४८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय विशाल भुजेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.३५ प २२६६ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक भुजेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टबाट करिब ४ ग्राम ५०० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खजुरा गाउँपालिका-४ एलगाउँ बस्ने २९ वर्षीय आसिश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ आगमन सदभाब टोल बस्ने ३८ वर्षीया सुगन्दा (मण्डल) अन्सारी समेत २ जनालाई करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी  दुवै जनालाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१० पानी टंकीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार १ सय एम्पुल, नुर्फिन १ हजार १ सय एम्पुल र फेनारगन १ हजार १ सय एम्पुल सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ३६ वर्षीय बजिर अंसारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.