अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १ असोज
मोरङ, विराटनगर महानगरपालिका-५ विशाल चोकबाट अवैध लागूऔषध गाँजा १
किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा कुमारी साहलाई शुक्रबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट
खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरमा लुकाई राखेको उक्त गाँजा फेला पारी
उनलाई पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-२ प्रगतिनगरबाट अबैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ३ ग्राम, १ थान मोबाइल र नगद २ हजार १ सय ५० रूपैयाँ सहित
सोही ठाउँ बस्ने २२ वर्षीय किरण राई लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध
नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोली सोही
ठाउँस्थित भक्त बहादुर दर्जीको घरमा बसिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी
पक्राउ गरेको हो । साथै हाल फरार रहेका भक्त बहादुर दर्जीको प्रहरीले खोजी गरिरहेको छ

कैलाली, धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो
हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय
किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट
खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

3

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ पेन्चे डाँडाको जंगलबाट अवैध लागूऔषध
गाँजा करिब १ सय २० किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा
अवैध लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी
कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त जंगलमा ६ वटा बोरामा वेवारिसे अवस्थामा
राखिएका उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Comments are closed.