अवैध लागूऔषध सहित पक्राउ

बर्दिया, ५ असोज

बढैयाताल गाउँपालिका-८ रिहारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका-६ आनन्द टोल बस्ने  ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका-५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.