अवैध लागूऔषध सहित पक्राउ

धादिङ, १ पुस

धुनिबेशी नगरपालिका-७ नौबिसे बजारबाट अवैध लागूऔषध गाँजा ६ केजी ५ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरुपालिका-१५ स्वयम्भु बस्ने २१ वर्षीय सर्जन देउला र २६ वर्षीय  सन्तोष महर्जन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पालुङबाट नौबिसेतर्फ आउँदै गरेको प्र.३-०३-०३ प ११८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.