अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १० पुस

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय दिपक चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९०७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

            बाँके, जानकी गाउँपालिका-३ जुगन भरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खजुरा खुद्राबाट खटिएको प्रहरीले भे.८ प ३६६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक पासीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ,विराटनगर महानगरपालिका-४ एयरपोर्ट नहरबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही महानगरपालिका-११ बस्ने २८ वर्षीय गोरे भन्ने अर्पण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.३८ प ७९५१ नम्बरको स्कुटरलाई जाँच गर्दा स्कुटर चालक राईलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क बस्ने ३८ वर्षीय नरेन्द्र श्रेष्ठलाई  नियन्त्रित लागूऔषध एकसय एमएलको वानरेक्स ३ सय ५४ बोतल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले घर नजिकै सटर भाडामा लिई संचालन गरेको मदिरा पसलमा अवैध लागूऔषध बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, नरहा गाउँपालिका-२ पानबारी बस्ने ६४ वर्षीय उर्जा बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध लागूऔषध गाँजा बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर कोठामा लुकाईछिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लागूऔषध खरिद गर्न आएका गोलबजार नगरपालिका-१० डण्डा टोल बस्ने ३४ वर्षीय उमेश मुखियालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७८ एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनरागन ७८ एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत ठुलिपोखरा घर भई बाग्लुङ बस्ने २५ वर्षीय राम बहादुर बोहोरा र म्याग्दी वेनी नगरपालिका-३ वरंजा बस्ने ३५ वर्षीय सुरेश थापा रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १२४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, पचरौता नगरपालिका-३ भट्ठी बैरिया भित्री सडकबाट अवैध लागूऔषध गाँजा करिब २४ केजी आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगरबाट खटिएको टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.