अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ पुस

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ६ सय ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय बिनोद सहनी र सोही ठाउँ बस्ने ४५ वर्षीय बुनि सहनी रहेका छन् । ईलाका प्रहरी कार्यालय मनोहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा बिनोदले कम्मरमा प्लाष्टिकले बेरी लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो रङको लिसाईलो पदार्थ १ ग्राम सहित सोही नगरपालिका-७ मोहन टोल बस्ने २३ वर्षीय ओम पोर्तेललाई आइतबार दिउँसो प्रहरIले पक्राउ गरेको छ । ईउलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.