काठमाडौं, २२ चैत
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र-१-०२-००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।