अवैध लागूऔषध गाँजा बरामद

सर्लाही, ३० जेठ

वरहथवा नगरपालिका-१७ नहरको बाटोबाट अवैध लागूऔषध गाँजा १० किलो सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा बा.३८ प ५२९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुर्तियामा र ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार हाल नाम, थर वतन नखुलेकी अन्दाजी ३२ वर्षीया महिलालाई उपचारको लागि भेनस अस्पताल बरहथवा पठाएको थियो । प्रहरीले थप अनुसन्धानको क्रममा मोटरसाइकल पछाडी रहेको २ वटा झोलामा ५/५ किलो गरी उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।