अवैध लागूऔषधसहित पक्राउ    

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित पाल्पा तानसेन नगरपालिका-१२ बस्ने २५ वर्षीय बिमल सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने २२ वर्षीय भागमान राई, सोही नगरपालिका-११ बस्ने २७ वर्षीय रोशन कार्की, सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश घतानी र लेटाङ नगरपालिका-५ बस्ने २२ वर्षीया झरना श्रेष्ठलाई नियन्त्रतित लागूऔषध ट्रमाडोल ४ सय २० चक्की, स्पास्पेन ३ सय ९० चक्कीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईको घरमा लागूऔषध बिचबिखन गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँटीहबाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।