नक्कली नोट सहित एक जना पक्राउ

 

          कैलाली, १० पुस

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.