Trending Now

निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना पक्राउ   

    पर्सा, ३० कात्तिक

जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत-१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला पारी मोटरसाइकल चालक अहमदलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.