भोजपुर, १७ पुस
अरुण गाउँपालिका-३ बस्ने ३७ वर्षीय पूर्ण बहादुर राइलाई १ थान भरूवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पूर्ण बहादुर र सोही ठाउँ बस्ने २३ वर्षीय पारुहाङ राईले सोही ठाउँस्थित मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बनाएको उक्त बन्दुक पड्काउँदा छर्रा लागि पारुहाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पूर्ण बहादुरलाई पक्राउ गरेक हो । साथै घाइते भएका पारूहाङलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।