Trending Now

अवैध लागूऔषध गाँजा सहित पक्राउ  

      सर्लाही, २० कात्तिक

बरहथवा नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित ईश्वरपुर नगरपालिका-९ खुसीपुर बस्ने २४ वर्षीय लालबाबु माझीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएको प्रहरीले सर्लाहीबाट रौतहटतर्फ जाँदै गरेको बीआर ३० एफ ६२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक माझीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

Comments are closed.