अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    

काठमाडौं, ३१ असार

काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट २३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २६ वर्षीय  निमा लामा, मोरङ पथरी शनिश्चरे नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापको रामेछाप नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय कृष्ण बहादुर मगर र मोरङ पथरी शनिश्चरे नगरपालिका-७ ठेगाना भएका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

उपत्यकामा लागूऔषधको अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोईन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।