विभिन्न हातहतियार सहित केवट पक्राउ

बाँके, १५ भदौ

नरैनापुर गाउँपालिका-१ बानियागाउँ बस्ने ४५ वर्षीय छब्बी लाल केवटलाई १ थान कटुवा पेस्तोल, १ थान भरुवा बन्दुक, १ सय ग्राम बारूद, ५ सय ग्राम सिसा, फलामको गोली र ९ थान पटाका सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.