स्रोत नखुलेको भारतीय रूपैयाँ सहित पक्राउ

 

रौतहट, १८ पुस

गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२  वर्षीय संजिव कुमार तिवारी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.