भन्सार छलि ल्याएको सामान सहित पक्राउ

काठमाडौं, २४ साउन

काठमाडौं महानगरपालिका-१८ नरदेवीमा गैरकानुनी रूपमा भन्सार छलि ल्याएको १ हजार ९ सय ६ थान छालाको पेटी र ५ हजार २ सय ९४ थान छालाको पर्स सहित काठमाडौं ठँहिटी बस्ने सप्तरी राजविराज नगरपालिका-४ घर भएका ४२ वर्षीय गणेश भगतलाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भन्सार छलिको सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त छालाको पेटी र पर्स सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौंचर काठमाडौं  पठाइएको छ ।