Trending Now

स्रोत नखुलेको नगद सहित हरिनारायण प्रसाद कुर्मी पक्राउ  

 

पर्सा, १९ भदौ

वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई ल्याएको उक्त नगद फेला पारी हरिनारायणलाई पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

 

 

Comments are closed.