स्रोत नखुलेको नगद सहित सुरज पटेल पक्राउ

 

पर्सा, २० भदौ

            वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१२ बस्ने २७ वर्षीय सुरज पटेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५२ प २४२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुरजले हेलमेटभित्र लुकाई ल्याएको उक्त नगद फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

 

Comments are closed.