नेपाल एकीकृत नेत्रहीन विकास सङ्घले काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास सङ्घले बुधबार काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ । महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो ।
प्रदर्शनमा अपाङ्गता अधिकारमुखी राष्ट्रिय सङ्घर्ष समिति, दृष्टिविहीन आमा घर सामाजिक संस्था लगायत संस्थाहरू सहभागी थिए । नेत्रहीन व्यक्तिहरूको माइकहरू, स्पिकरहरू खोसेर लगिएको विषयलाई लिएर र्‍याली निकालिएको उनीहरूको भनाइछ ।
उनीहरूले शान्ति बाटिकादेखि र्‍याली निकालेर सिंहदरबारतर्फ लागेका थिए । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती नगर्न तथा मानव अधिकारको रक्षा गर्न उनीहरूको माग रहेको छ ।