एमाले सचिव याेगेश भट्टराईमाथि आक्रमण प्रयास, गाडीमा ताेडफाेड

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईमाथि आक्रमण प्रयास भएकाे छ ।

विभिन्न कार्यक्रमका लागि गृह जिल्ला ताप्लेजुङ पुग्नुभएका भट्टराई सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उहाँकाे गाडीमाथि ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारबाट उहाँ सवार गाडीको सिसा फुटेको छ । ७-८ जनाको समूहमा रहेका पहिचान पक्षधरहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यसअघि आजै सचिव भट्टराईको निवासअगाडि एउटा समूहले कालो झण्डा देखाएकाे थियाे ।