Trending Now

अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागी, भीषण रूप लिने सम्भावना

काठमाडौँ : अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागीका घटना सार्वजनिक भएका छन् । अस्ट्रेलियाको दमकल विभागले पूर्वी तटसँग जोडिएको जङ्गलमा दर्जन बढी स्थानमा भएको आगलागी लुका कारण भीषण रूपमा लिन सक्ने भन्दै चेतावनी दिएको छ ।

सिड्नीभन्दा २५० किलोमिटर टाढा उत्तर पश्चिममा भएको आगलागीका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक ‘इमर्जेन्सी फायर वार्निङ’ जारी गरिएको छ । जानकारीका अनुसार दमकलकर्मीले ४९ फिट अग्लो आगोको लप्कासँग जुध्नु परिरहेको छ ।

लु र आगलागीको सबैभन्दा बढी असर अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तमा परेको छ । अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको यो इलाकामा मानिसहरूलाई आ–आफ्नो घर खाली गर्न भनिएको छ र केही सम्पत्तिमा क्षति पुगेको पनि खबर छ ।

सोमबार राज्यका केही इलाकामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ जुन जनवरी २०२१ पछि उच्च हो । मङ्गलवार राज्यमा ३३ स्थानमा आगलागीको खबर छ जसमध्ये १० स्थानमा आगलागी नियन्त्रणमा छैन । न्यु साउथ वेल्सको दमकल विभागले तेज हावाका कारण आगो थप फैलिएको छ ।

अस्ट्रेलियाको मौसम विभागले पनि न्यु साउथ वेल्समा थुप्रै स्थानमा आगलागी हुनसक्ने चेतावनी दिएको छ । अस्ट्रेलियाका लागि सन् २०१९ सबैभन्दा खराब मौसम भएको वर्ष रह्यो जसमा करिब ३ अर्ब जनावर पक्षी जङ्गलमा आगलागीका कारण मारिएका थिए ।

Comments are closed.