कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा गरिएको छ। जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन्
१) अलख निरञ्जन लोहार – कविता
२) नरनाथ लुईटेल – हास्य निबन्ध
३) मित्रलाल पंज्ञानी- कविता
४) श्री ओम श्रेष्ठ रोदन- नियात्रा
५) निर्मला देवी तिम्सिना ‘कान्छी’- कथा
उल्लेखित ५ उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट : नगद रू १०हजार सहित प्रमाणपत्र तथा सम्मान श्रीओम श्रेष्ठ रोदनको नियात्रालाई रहेको छ ।
त्यसैगरी कल्पतरू अन्तराष्ट्रिय सम्मान २०८१ द्वारा अमेरिकामा रही नेपाली लोकसाहित्यमा योगदान पुर्याउनु भएका सुरेश कुमार भट्टलाई र कल्पतरू गैर नेपाली मातृभाषी नेपाली साहित्यकारलाई प्रदान गरिने सम्मानबाट उपन्यासकार एवं गीतकार लक्ष्मण कृष्ण ताम्राकारलाई सम्मानित गरिने भएको छ ।