दुई स्रष्टा सम्मानित’

२०७८ फागुन गते लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएकोसावित्रीकेशर कथा सम्मान२०७८)_ कथाकार मधुवन पौडेललाई बाटुलीखिलध्वज लघुकथा सम्मान२०७८)_ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गरे दुवै स्रष्टालाई सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँ पनि प्रदान गरियो

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले नेपाली कथा साहित्यले विदेशका कथासँग कुम जोड्ने क्षमता राखेपनि सार्थक अनुवाद नभइदिँदा नेपाली कथाले विश्व बजार पाउन नसकेको बताए

घिमिरेले नेपाली कथा लेखनको प्रारम्भिक कालको चर्चा गर्दै कथाको विकासमा साहित्यिक पत्रकारिताले पु¥याएको योगदान बारे उल्लेख गरे

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टाहरूको सक्षिप्त परिचय दिए डा. गौतमका अनुसार २०१९ सालदेखि साहित्य लेखनमा लागेका कथाकार मधुवन पौडेलका कथा नेपाली कथा साहित्यमा बलियो लेखनकासाथ उभिएको बताए पौडेलका आधा दर्जन कथाकृति प्रकाशित रहेको उनले बताए

डा. गौतमले लघुकथाकार हरिप्रसाद भण्डारीको लेखनकर्मको चर्चा गर्दै उनले लघुकथाकै क्षेत्रमा एम.फील गरेको लघुकथाको विषयमा नै विद्यावारिधि गर्न लागेको बताए

साहित्यकार अशेष मल्लले उपयुक्त स्रष्टालाई सम्मानित गरेर लघुकथा समाज दुवै सम्मान आफैँ सम्मानित भएको उल्लेख गरे

समाजका अनुसार यसअघि सावित्री केशर कथा सम्मान वरिष्ठ कथाकारहरू परशु प्रधान, भाउपन्थी, सनत रेग्मी डा= राजेन्द्र विमललाई प्रदान गरिसकिएको भने बाटुली खिलध्वज लघुकथा सम्मान डा= लक्ष्मणप्रसाद गौतम, हिरण्य भोजपुरे, महेश प्रसाई धु्व मधिकर्मीलाई प्रदान गरिसकिएको

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मधुवन पौडेल, हरिप्रसाद भण्डारी, सुमन सौरभ सिन्धु गौतमले बोलेका थिए