भैरव पुरस्कार गुठीद्वारा विभिन्न तीन पुरस्कार प्रदान

काठमाडौँ, पुस  ।  नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार प्रदान गरेको छ।

अर्यालको ८७औँ जन्मजयन्तीको अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो। २०७९ सालको भैरव पुरस्कार वासुदेव–विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरियो। त्यस्तै भैरव वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार विश्वम्भर चञ्चल र भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो।

कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे साहित्यकारहरू विजय चालिसे, प्राध्यापक डाक्टर सुषमा आचार्य, गोविन्द घिमिरे, लगायतले चर्चा गर्नुभएको थियो।

Comments are closed.